+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

काठमाडौंका सम्पदा तत्काल यूनेस्कोको खतरा सूचीमा नपर्ने

युनेस्कोले दियो फेरि एक वर्ष म्याद

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १९ गते १४:१९

१९ असार, काठमाडौं । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले काठमाडौं उपत्यकाका सम्पदालाई विश्व सम्पदा सूचीको ‘खतराको सूची’मा तत्काल नराख्ने संकेत गरेको छ ।

अजरबैजानको बाकुमा जारी विश्व सम्पदा समितिको ४३ औं बैठकमा बिहीबार नेपालको काठमाडौं उपत्यकाभित्रका विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाको विषयमा छलफल भएको थियो । उक्त छलफलमा चीन, ब्राजिल, जिम्बावेजस्ता देशले यी सम्पदालाई खतराको सूचीमा राख्दा नेपालको पर्यटन प्रभावित हुने भन्दै तत्काल खतराको सूचीमा राख्न नहुने सुझाव दिएका थिए ।

खासगरी भूकम्पपछि युनेस्कोले नेपालका सम्पदालाई खतराको सूचीमा राख्ने चेतावनी दिँदै आइरहेको छ । काठमाडौं उपत्यकाका सम्पदालाई एक वर्षको समय दिने र तत्काल खतराको सूचिमा नराख्ने संकेत बिहीबारको छलफलले गरेको छ । यद्यपी निर्णयको भाषा के लेख्ने भन्ने निर्क्योल भने बैठकको अन्त्यमा मात्र हुनेछ ।

बैठकमा यूनोस्कोले काठमाडौं उपत्यकाभित्रका सम्पदालाई खतराको सूचीमा राख्ने प्रस्ताव पेश गरेको थियो ।  बैठकमा काठमाडौंसम्बन्धी छलफल करिब डेढ घण्टा चलेको थियो । छलफलमा काठमाडौंका सम्पदा पुनर्निर्माणको चरणमा रहेको र अहिले नै खतराको सूचीमा राख्दा विश्व समुदायबाट हुने सहयोग प्रभावित हुने तर्फ कतिपय देशले नेपालको पक्षमा बहस गरेका थिए ।

छलफल तत्काल निश्कर्षमा पुग्न नसकेपछि सेसनको अध्यक्षता गरिरहेका अबुलफास गारायभले पुनर्निर्माण जारी रहने समयसम्म (एक वर्ष) समय दिने प्रस्तावसहित उक्त निर्णयको भाषा तय गर्न एक समिति गठन गरेका छन् । समितिमा चीन, नर्वे, जिम्बावे, हंगेरी र कुवेत सामेल छ ।

यूनेस्कोले लामो समयदेखि सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा राख्ने चेतावनी नेपाललाई दिइरहेको छ । भूकम्पपछि भने हरेक वर्ष नै खतराको सूचीमा राख्ने प्रस्तावमा छलफल हुँदै आएको छ । काठमाडौं उपत्यका भित्रका पशुपतिनाथ मन्दिरसहित बौद्धस्तुपा, स्वयम्भू, काठमाडौं, पाटन र भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

३० जुनमा सुरु भएको यूनोस्कोको ४३ औं बैठक १० जुलाईसम्म चल्नेछ । बैठकमा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा एक टोली सहभागी छ । अहिले विश्वका १६७ मुलुकका १०९२ वटा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन् । त्यसमध्ये ५४ वटा सम्पदा खतराको सूचीमा परिसकेका छन् ।

सन् २०१९ का लागि नेपालको काठमाडौं उपत्यकासहित बंगलादेश, बुल्गेरिया, अल्वानिया, मेक्सिको, इराकका ६ वटा सम्पदा खतराको सूचीमा राख्ने गरी प्रस्ताव गरिएका छन् । यस वर्ष ३६ वटा नयाँ सम्पदालाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्ने प्रस्ताव गएको छ ।

दुई वटा सम्पदा भने खतराको सूचीबाट बाहिर निस्कने गरी प्रस्ताव गरिएको छ । भारतको जयपुर सीटीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रस्ताव यसै बैठकमा पेश हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?