+

जितको खाता नखोली विश्वकपबाट बाहिरियो अफगानिस्तान

२०७६ असार  २० गते ६:२७ २०७६ असार २० गते ६:२७
जितको खाता नखोली विश्वकपबाट बाहिरियो अफगानिस्तान

२० असार, काठमाडौं । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजसँग अन्तिम खेलमा पराजित भएसँगै अफगानिस्तानले जारी विश्वकपमा जितविहीन हुदै विश्वकप टुंग्याएको छ ।

बिहीबार राति भएको खेलमा अफगानिस्तान वेष्ट इन्डिजसँग २३ रनले पराजित हुन पुग्यो । वेष्ट इन्डिजले अन्तिम खेलमा जित हात पार्दै विश्वकपमा दुई खेल जित्दा एक खेल पनि नजितेको अफगानिस्तान भने अंकविहीन हुदै घर फर्किन पुग्यो ।

३१२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २८८ रन बनाएको हो । अफगानिस्तानका लागि इक्रम अलिखिलले ८६ रन बनाउँदा, रहमत शाहले ६२ र अस्घर अफगानले ४० रनको योगदान दिए ।

ब्लिङतर्फ कार्लोस ब्राथवइटले चार विकेट लिदा केमार रोयचले तीन विकेट हात पारे ।

टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धातिर ५० ओभरमा ६ विकेटको क्षतिमा ३११ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि तीन जना खेलाडीले अर्धशतक बनाए ।

वेष्ट इन्डिजका लागि साई होपले ७७ रन बनाए । त्यस्तै, इभिन लेविस र निकोलस पुरनले समान ५८–५८ रन बनाउँदा कप्तान ज्यासन होल्डरले ४५ र सिमरन हिटम्यारले ३९ रन बनाएका थिए ।

खराब सुरुवात गरेको वेष्ट इन्डिजले पहिलो विकेट २१ रन हुदा क्रिस गेललाई गुमाएको थियो । त्यसपछि सम्हालिएर खेल्दै वेष्ट इन्डिजले ठूलो स्कोर बनाएको हो । बलिङतर्फ दवालत जाड्रानले दुई विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय