+
+

नेपालले सिंगापुरलाई दियो ३२७ रनको लक्ष्य, ऋत गौतमको शतक

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २० गते ११:११

२० असार, काठमाडौं । ऋत गौतमको शतकसँगै नेपालले सिंगापुरलाई ३२७ रनको विशाल लक्ष्य दिएको छ ।

एसीसी यू–१९ मा एसिया कपको इर्टन रिजन छनोटमा सिंगापुरविरुद्ध टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।

नेपालको सुरुवात राम्रो रह्यो । ऋत गौतम र पवन शरार्फले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । पवन ४५ रनमा आउट भए । खडकबहादुर बोहोराले गौतमसँग १३१ रनको महत्वपूर्ण साझेदारी गरे । बोहोरा ९० रनमा आउट भए । विशाल विक्रम केसी १ र कप्तान रोहितकुमार पोडेल मात्र ७ रनमा आउट भए । तर कुशल मल्लले आक्रामश पारी खेल्दै अर्धशतक बनाए ।

पाँचौं विकेटका लागि गौतम र मल्लले अविजित ८२ रनको साझेदारी गरे । ऋत गौतम ११५ र कुशल मल्ल ५१ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?