+
+

चाबहिलमा ‘ग्याङ फाइट’, ४ जना पक्राउ, एकको अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २० गते १७:५७

२० असार, काठमाडौं । चाबहिलको पशुपति मावि छेउ भएको ‘ग्याङ फाइट’मा संलग्न ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अशिम लामा, सरोज श्रेष्ठ, निश्चल आले मगर र सरोज राई छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार शुक्रबार दिउँसो उनीहरुलाई पक्राउ गरेर प्रहरी वृत्त, गौशालामा राखिएको छ । दुई दिनअघि भएको झगडामा दुई जना घाइते भएका थिए ।

घाइतेमध्ये विजय बानियाँको अवस्था गम्भीर छ । हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत बायिनाँको पेटमा छुरी प्रहार भएको थियो ।

हाल उनलाई भेन्टिलेटरमा राखिएको छ । अर्का घाइते सुदीप घिमिरेको छातीमा चक्कु प्रहार भएको थियो । उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

प्रहरीका अनुसार चिया खाने ठाउँमा दुवै समूहका युवाबीच ‘आँखा तरातर’ हुँदा झगडा भएको थियो ।

‘अहिलेसम्म अन्य कारण देखिएको छैन’, डीएसपी बोगटीले अनलाइनखबरसँग भने, ‘थप कारण केही छन् कि भनेर अनुसन्धान गरिरहेका छौं ।’

यसअघि २० वैशाखमा ललितपुरको पुल्चोकमा केटीको निहुँमा दुई समूहबीच झगडा हुँदा २० वर्षीय अनसल शाक्यको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?