Comments Add Comment

सन्यास लिएका ताहिर र डुमिनीको गरे कप्तान प्लेसिसले प्रशंसा

२३ असार, काठमाडौं । दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले क्रिकेट खेल जीवनबाट सन्यास लिएका लेग स्पिनर इमरान ताहिर र मिडिल अर्डर ब्याट्सम्यान जेपी डुमिनीको प्रशंसा गरेका छन् ।

लिग चरणको अन्तिम खेलमा अष्ट्रेलियालाई १० रनले पराजित गर्दै विश्वकपमा दक्षिण अफ्रिकाले विश्वकपबाट बिदा लियो । यो विश्वकपमा खराब प्रदर्शन गरे पनि अष्ट्रेलियामाथिको जितले दक्षिण अफ्रिका निकै खुशी भयो । तर यही खेलबाट भने टिमका महत्वपूर्ण दुई सदस्यले क्रिकेट खेल जीवनबाट सदाको लागि बिदा लिए ।

इमरान ताहिर र जेपी डुमिनीले विश्वकप क्रिकेटको अष्ट्रेलियाविरुद्धको खेलपछि खेल जीवनबाट बिदा भए । लामो समयसम्म यी खेलाडी कप्तान प्लेसिसको साथमा खेले र दक्षिण अफ्रिका टिमको महत्वपूर्ण हिस्सा बने ।

यो विश्वकपमा टिमले खराब प्रदर्शन गरे पनि कप्तान प्लेसिसले यी दुई खेलाडीले दक्षिण अफ्रिकालाई लामो समयसम्म योगदान दिएको भन्दै तारिफ गरे । कप्तान प्लेसिसले भनेका छन्, ‘मेरो मनमा यी दुई खेलाडीप्रति धेरै आदर छ । क्रिकेटमा इमरानको झुकाव अति छ । उनी पूरै ताकत लगाएर खेल्ने गर्छन् । उनी ठूला दिल भएका क्रिकेट खेलाडी हुन् ।’

कप्तान प्लेसिसले थपेका छन्, ‘जेपी टिमको लागि पिता समान हुन् । उनकै विचारमा म आफ्नो रणनीति लागु गर्दै आएको छु ।’

यता, ताहिरले भने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने खेल्ने छन् । तर जेपी डुमिनीले भने क्रिकेटको सबै फम्र्याटबाट सन्यास लिएका हुन् । कप्तान प्लेसिस चाहन्छन् कि डुमिनी आफ्नो टिमको लागि कुनै न कुनै भूमिकामा जोडिएर रहुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment