Comments Add Comment

शकिब भन्छन् : पहिल्यै लागेको थियो, केही राम्रो हुनेवाला छ

२२ असार, काठमाडौं । आठ खेल, ६०६ रन । दुई शतक पाँच अर्धशतक । बलिङतर्फ ११ विकेट । जारी विश्वकपमा बंगलादेशका शकिब अल हसनले बनाएका यी रन र विकेट हुन् । विश्वकपमा यस्तो प्रदर्शन गर्ने अर्को कोही खेलाडी छ ? मुश्किल छ ।

शकिब भन्छन्, ‘विश्वकपको सुरुवातमै राम्रो गर्छु भन्ने साहस थियो ।’

नम्बर तीनमा ब्याटिङ गर्न मैदानमा छिर्ने गरेका शकिबले सबैलाई चकित बनाउँदै ९६.०३ को स्ट्राइकर रेटमा ८६.५७ औसतमा ६०६ रन बनाए । यो क्रममा उनले इंग्ल्यान्डविरुद्ध १२१ र वेष्ट इन्डिजविरुद्ध १२४ रन बनाउँदै शतक पूरा गरे । त्यस्तै, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, भारत र पाकिस्तानविरुद्ध अर्धशतक बनाए ।

उनी अहिले जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष तीनमा छन् । उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी बनेका छन् । सकिब ब्याटिङमा मात्रै हैन बलिङमा पनि उत्तिकै जमेका छन् । उनले बलिङतर्फ आठ खेलबाट ११ विकेट लिएका छन् ।

अफगानिस्तानविरुद्धको खेलमा शकिबले शनसनीपूर्ण बलिङ गरे । १० ओभर बलिङ गरेका उनले एक ओभर मेडन राखेर २९ रन खर्चिदै पाँच विकेट लिए ।

बलिङ ब्याटिङ दुबैमा जमेका शकिब भन्छन्, ‘विश्वकपअघि नै मलाई लागिरहेको थियो कि केही राम्रो हुनेवाला छ । पछिल्लो दुई खेल निकै मुश्किल थियो । थाहा छैन तर मलाई त्यस्तै लागिरहेको थियो । तर राम्रो भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment