Comments Add Comment

वर्ल्डलिंकको मार्केटिङ एक्सिलेन्स प्रतियोगितामा एस इन्टरनेशनल स्कूललाई उपाधी

२३ असार, काठमाडौं । इन्टरनेट एवम् नेटवर्क सर्भिस प्रोभाइडर वर्ल्डलिंक कम्युनिकेसनस्ले अन्तर कलेज मार्केटिङ एक्सिलेन्स प्रतियोगिता सम्पन्न गरेको छ ।

कम्पनीले युवा विद्यार्थी माझ रहेको सेल्स र मार्केटिङ सम्बन्धी ज्ञान, सीप र क्षमतालाई उजागर गर्ने प्रमुख लक्ष्यका साथ मार्केटिङ एक्सिलेन्स प्रतियोगिता अयोजना गरेको हो ।

प्रतियोगितामा उपत्यका र उपत्यका बाहिरका २० वटा कलेजका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले सहभागीता जनाएका थिए । सहभागी विद्यार्थीलाई सेल्स र मार्केटिङ लगायत विविध क्षेत्रमा ज्ञान, सीप र क्षमता अभिवृद्घि गर्नको लागि मार्गदर्शकको भूमिका निर्वाह कम्पनीले गरेको थियो ।

विद्यार्थीहरुले अन्तरक्रियात्मक कार्यक्रमको माध्यमबाट व्यवसायको बारेमा सिक्ने र सफलताका कथाहरु मार्फत् आफूमा प्रेरणा जागृत गराउने अवसर पाएका थिए । यति मात्र नभई विद्यार्थीहरुले विभिन्न विषय र क्षेत्रका विज्ञहरुबाट प्रतियोगिताका प्रत्येक शिर्षकमा सल्लाह र सुझाव हासिल गरेका थिए ।

साथै प्रत्येक टीमलाई प्रतियोगिता अवधि भर गाइड गर्नको लागि गाइड निर्देशकको पनि प्रबन्ध मिलाइएको थियो ।

प्रतियोगीहरुले प्रतियोगिता अवधिभर सेल्स र मार्केटिङ रणनीति निर्माण गर्नको लागि विभिन्न समयमा दुरसञ्चार एवम् आइटी कम्पनीहरुको भ्रमण गरेका थिए ।

उक्त अध्ययन अनुसन्धानबाट आएको निष्कर्षलाई प्रतियोगीहरुले आफ्नो प्रोजेक्टको रुपमा प्रस्तुत गर्नुपर्ने प्रमुख कार्य रहेको थियो । यस प्रतियोगितामार्फत् विद्यार्थीहरुले सेल्स र मार्केटिङको क्षेत्रमा केही सिक्ने र सिकेका कुराहरुबाट रणनीतिहरु निर्माण गर्न सक्षम बन्ने अवसर प्राप्त गरेका थिए ।

यस प्रतियोगिताको समय अवधि जुन १ बाट शरु भई ३७ दिनसम्म रहेको थियो । सेमिफाइनल चरणको कार्यक्रम जुलाई ४ मा उत्कृष्ट ८ कलेजलाई चयनगरि सम्पन्न गरिएको थियो भने फाइनल चरणको कार्यक्रम आइतबार होटल हिमालयनमा सम्पन्न गरिएको थियो ।

उक्त प्रतियोगिताको बिजेता एस इन्टरनेशनल बिजनेस स्कूल भएको छ । प्रतियोगितामा उल्लेख गरिएका कार्यप्रति पूर्ण समर्पित भई कडा परिश्रमको साथ उत्कृष्ट रणनीतिहरु प्रस्तुत गरेबापत एस इन्टरनेशनल बिजनेस स्कूलले प्रथम स्थान हासिल गरेको हो ।

कलेजले प्रथम पुरस्कार स्वरुप २,५०,००० नगद प्राप्त गरेको छ । त्यस्तैगरी, जेनिथ इन्टरनेशनल कलेज र नेपाल कर्मश क्याम्पसले क्रमसः दोश्रो र तेश्रो स्थान हासिल गरेका थिए ।

उनीहरुले नगद १,००,००० र ७५,००० को पुरस्कार प्राप्त गरेका थिए । यस प्रतियोगिताको सम्मानित एवम् निष्पक्ष निर्णायक मण्डलको भूमिकामा दिलिप अग्रवाल, बिन्दु नाथ लोहनी र प्रदीप राज पाण्डेको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment