Comments Add Comment

विश्वकप क्रिकेट : पहिलो सेमिफाइनलमा भारत र न्युजिल्यान्ड भिड्दै

२४ असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा आज भारत र न्युजिल्यान्डबीचमा प्रतिस्पर्धा हुदैछ । इंग्ल्यान्ड र भारतबीचको खेल म्यान्चेस्टरमा नेपाली समयअनुसार सवा ३ बजे सुरु हुने छ ।

लिग चरणमा बलियो देखिएको भारत र तुलनात्मक रुपमा कमजोर देखिएको न्युजिल्यान्डबीच पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा हुन लागेको हो ।

यसअघि लिग चरणमा न्युजिल्यान्ड र भारतबीचको खेल भने भएन । पानी परेर खेल रद्द भएपछि दुवै टिमले समान १-१ अंक बाँडेका थिए । त्यसैले विश्वकपको सेमिफाइनलमा आमनेसामने हुन लागेका यी दुवै टिम जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा छन् ।

लिग चरणमा भारतले शीर्ष स्थानमा रहंदै सेमिफाइनलमा स्थान बनाएको हो । भारतले खेलका ९ खेलमध्ये सातमा जित, एकमा हार र एकमा अंक बाँड्दै १५ अंक बनाएको छ ।

न्युजिल्यान्ड भने लिग चरणमा चौथो हुँदै सेमिफाइनलमा स्थान बनाएको हो । न्युजिल्यान्डले खेलका ९ खेलमध्ये पाँचमा जित, तीनमा हार र एकमा पानीको कारण अंक बाँड्दै ११ अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment