+
+

कंगनाले नयाँ विवाद निम्त्याएपछि तनावमा एकता

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २६ गते १२:५४

निर्मात्री एकता कपुरले निर्माण गरेको चलचित्र ‘जजमेन्टल हे क्या’ रिलिजको तयारीमा छ । यो चलचित्रको रिलिज पूर्व नै यसलाई लिएर ठूला ठूला विवाद भैरहेका छन् । यसैविच, नायिका कंगना रनावत र बलिउडका मनोरञ्जन समाचार लेख्ने मिडियाविच विवाद उत्कर्षमा पुगेपछि चलचित्रको निर्माण टिम तनावमा आएको हो ।

निर्मात्री एकता कपुर चलचित्र रिलिज अगाडि यस्तो खालको कुनै पनि विवाद नहोस् भन्ने चाहन्थिन् । तर, कंगनाले केही मिडियामाथि अभद्र टिप्पणी गरेपछि एकतालाई तनाव भएको हो । कंगनाले एक कार्यक्रममा, भारतका मिडिया विकाउ मात्र भएको भनिनन्, देशद्रोहीको समेत आरोप लगाएकी थिइन् । उनले, यस्तै खालका मिडिया देखेर आफूलाई दिक्क लाग्ने र आफूलाई बहिष्कार गर्न चेतावनी समेत दिएकी थिइन् ।

कंगनाको यो व्यवहारपछि भारतका सम्पूर्ण मनोरञ्जन समाचार सम्प्रेषण गर्ने मिडियाकर्मी एक भएका छन् र उनले माफी माग्नुपर्ने बताइरहेका छन् । तर, कंगनाले भने माफी मागेकी छैनन् । यसअघि नामले नै विवाद भएर एकता तनावमा थिइन् । अब, फेरि नायिका रनावतले निम्त्याएको विवादले उनलाई समस्या परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?