Comments Add Comment

गर्भ खेर गएपछि अस्पतालबाट शिशु चोरी !

Photo Credit : शिशु चोरीको आरोपमा पक्राउ परेका महिला र आमालाई शिशु बुझाउँदै प्रहरी ।

२६ असार, काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मध्यरातमा नवजात शिशुको चोरी भएको छ ।

धरान उपमहानगरपालिका १५ माइती भई भारतीय नागरिकसँग विहे गरेकी लीला विकले आफ्नी भाउजुसँग मिलेर १३ दिनको शिशु चोरी गरेको प्रहरीले बताएको छ । प्रहरीले लीला र उनकी भाउजु मीना लिम्बु (बिक)लाई पक्राउ गरेको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ कि बबिता र दीपनारायण महतोको छोरा जन्मिएको १३ दिन भएको थियो । बबिता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डको १४ नम्बर बेडमा उपचार गराइरहेकी थिइन् ।

बुधबार राति छोरासहित बबिता र विरामी कुरुवा आफन्त निदाएपछि १२ बजेर २५ मिनेटमा लक्ष्मीले शिशु उठाएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

शिशु चोरी भएको खबर पाएपछि खोजी सुरु गरेको प्रहरीले विहान ३ बजेर १५ मिनेटमा शिशु आमाको जिम्मा लगाएको हो । लक्ष्मी केही दिनदेखि सुत्केरी र बच्चाको रेखदेखको बाहनामा अस्पतालको गाइनो वार्डमा बस्दै आएकी प्रहरीको भनाइ छ ।

गर्भ खेर गएपछि शिशुको चोरी

भारतीय नागरिक चन्दन चौधरीसँग विहे गरी लक्ष्मी भारतको नयाँदिल्लीस्थित फरिदावादमा बस्दै आएकी थिइन् । गर्भवती भएको साढे २ महिनामा माइती धरान आएकी उनको गर्भ ४ महिनाको हुँदा खेर गएको थियो ।

माइतीबाट दिल्ली फर्किँदा श्रीमानले बच्चाबारे सोधखोज गर्ने डरले उनले शिशु चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डीएसपी ढुण्डीराज न्यौपानेले भने ‘बच्चा खेर गएको र श्रीमानसँग सम्बन्ध बिग्रने डरले अपहरण गरेको देखिन्छ ।’

लक्ष्मीले अस्पतालबाट शिशु लिएपछि धरान उपमहानगरपालिका १५ बगरकोटमा आफ्नो माइतीघरमा भाउजु मिना लिम्बु विश्वकर्माको जिम्मा लगाएकी थिइन् । प्रहरी राति नै त्यहाँ पुग्दा घरको पश्चिमतर्फको कोठामा नवजात शिशु राखेको देखेपछि उद्दार गरी आमाको जिम्मा लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment