+
+

डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख ४ लाख घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २७ गते १३:३२

२७ असार, काठमाडाैं । कर्णाली प्रदेश डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख (उपसचिव) भक्तबहादुर लामा ४ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले लामालाई उनकै कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिएको हो ।

काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा प्रमुख लामालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रबक्ता मेघनाथ सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाले लामालाई नियन्त्रणमा लिएको पुष्टि गर्दै भने, ‘हाम्रो टोलीले कार्यकक्षबाटै घुससहित नियन्त्रणमा लिएको छ । टोलीले मुचुल्का तयार गर्दै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?