+
+

सिद्धबाबा सडकखण्डमा पहिरो, मोटरसाइकल चालक तिनाउ नदीमा खसे

टोपराज शर्मा टोपराज शर्मा
२०७६ असार २८ गते १६:०५

२८ असार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडकखण्डमा पहिरो झर्दा मोटरसाइकल चालक तिनाउ नदीमा खसेका छन् ।

पाल्पाको तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिकै यात्रा गर्दैगर्दा पहिरो झरेपछि मोटरसाइकल तिनाउ नदी किनारमा खसेको थियो । चालकको नाम खुलेको छैन ।

पहिरोमा परेका उनलाई ढुंगाले च्यापेको अवस्थामा देखिएपनि पहिरो झरिरहेको र नदीमा बाढी आएकाले प्रहरीले उद्धार गर्न सकेको छैन ।

सडक माथिबाट करिब ३० मिटर पहिरो झरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । पहिरोका कारण बुटवल–पाल्पा खण्ड अवरुद्ध छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?