Comments Add Comment

विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डले जित्छ – पोन्टिङ

२९ असार, काठमाडौं । विश्वकप क्रिकेटमा लगातार तीन ठूला टिमलाई जितेपछि घरेलु टोली इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ ।

पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई सेमिफाइनलमा ८ विकेटले पराजित गर्नुअघि इंग्ल्यान्डले लगातार भारत र न्युजिल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । विश्वकप क्रिकेटमा अष्ट्रेलियाका सहायक प्रशिक्षकको भूमिका निभाएका रिकी पोन्टिङ अब इंग्ल्यान्डले नै विश्वकपको उपाधी जित्ने बताएका छन् ।

पोन्टिङले भनेका छन्- मलाई लाग्छ कि इंग्ल्यान्डले विश्वकप जित्नेछ । मैले विश्वकप सुरु हुनुअघि नै भनेको थिएँ की इंग्ल्यान्डलाई हराउन सजिलो छैन । मैले पहिले पनि विश्वकप जित्ने प्रमुख दाबेदार टिमको रुपमा लिएको थिएँ । अहिले पनि इंग्ल्यान्डले नै जित्छ जस्तो लागेको छ ।’

इंग्ल्यान्ड चौथो पटक विश्वकप फाइनल खेल्दैछ भने न्युजिल्यान्ड दोस्रो पटक । यो पटक इंग्ल्यान्डका खेलाडीमा राम्रो प्रतिभा भएको कारण उपाधि जित्न सक्ने पोन्टिङ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment