Comments Add Comment

विश्वकप फाइनल : उपाधिका लागि इंगल्याण्डलाई २४२ रनको लक्ष्य

२९ असार, काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा उपाधिका लागि न्युजिल्यान्डले घरेलु टोली इंग्ल्यान्डलाई २४२ रनको चुनौती दिएको छ ।

लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २४१ रन बनाएपछि इंग्ल्यान्डले सामान्य चुनौती पाएको हो ।

न्युजिल्यान्डका लागि हेनरी निकोलसले ५५ र टोम लाथमले ४७ रन बनाए । कप्तान केन विलियम्सनले ३० रन बनाउँदा मार्टिन गुप्टिल र जेम्स निसामले समान १९–१९ रनमा आउट भए ।

न्युजिल्यान्डको सुरुवात भने खराब रह्यो । २९ रनमा पहिलो विकेटको रुपमा मार्टिन गप्टिललाई गुमाएको न्युजिल्यान्डले सम्हालेर खेलेको थियो । दोस्रो विकेटको लागि कप्तान केन र निकोलसले ७४ रनको साझेदारी गर्दै उकासेका थिए ।

न्युजिल्यान्डका मध्यम क्रमका ब्याट्सम्यान चल्न सकेनन् । जसले गर्दा इंग्ल्यान्डले सामान्य चुनौती पाएको हो ।

बलिङतर्फ क्रिस वोक्सले तीन विकेट लिए । निकै किफायती बलिङ गरेका उनले ९ ओभरमा ३७ रन खर्चिएर तीन विकेट लिएका हुन् । त्यस्तै, लियाम प्लुंकेटले पनि तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment