
बलिउड नायिका अमिषा पट्टेल केही दिन अगाडि नेपाल आइन् । उनी, आफू नेपाल आउँदै गरेको जानकारी ट्विट मार्फत दिएकी थिइन् । आइतबार बेलुकी भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा आयोजना भएको सांकृतिक कार्यक्रममा भाग लिनका लागि अमिषा नेपाल आएकी थिइन् ।
रिसोर्टमा आयोजना भएको कार्यक्रममा बलिउड सुन्दरीले आफ्ना हिट गीतमा नृत्य गरेकी थिइन् । साथै, अन्य कलाकारले नृत्य र संगीत प्रस्तुत गरेका थिए । अहिले नेपालमा बलिउड अनुहारहरु भित्राउने क्रम बढेको छ । विशेषगरि, सांगीतिक कार्यक्रमका लागि बलिउडका अनुहारहरु नेपाल आउनका लागि उत्साहित देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4