Comments Add Comment

किरण चेम्जोङ भारतीय क्लब मिनर्वा पञ्जाबमा दोस्रोपटक अनुबन्धित

२ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ भारतीय क्लब मिनर्वा पञ्जाबमा अनुबन्धित भएका छन् ।

आइलिग क्लब पन्जाबले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत किरणलाई अनुबन्ध गरेको जनाएको छ । किरणलाई दोस्रोपटक आफ्नो क्लबमा अनुबन्ध गर्दा खुसी लागेको पञ्जाबले लेखेको छ ।

यसअघि पनि किरणले पञ्जाबबाट खेल्दै आइलिग जिताएका थिए । किरणले २०१७–०१८ को सिजन पञ्जाबबाट खेलेका थिए । यो सिजनको लागि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबमा किरणले आफ्नो अनुबन्धन नवीकरण गरेका थिए । तर, नेपाली फुटबल टिमको मैत्रीपूर्ण खेल मलेसिया र चाइनिज ताइपेसँग भएपछि किरणले खेल्नैपर्ने भएको थियो ।

उता, टिसी स्पोर्ट्स क्लबको पनि त्यही समयमा खेल जुधेपछि किरण र क्लबबीचको सम्झौता तोडिएको थियो । त्यसयता, उनी कुनै क्लबमा अनुबन्धित भएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment