Comments Add Comment

बार्यन म्युनिखसँग हार्‍यो रियल मड्रिड

५ साउन, काठमाडौं । इन्टरनेशनल च्याम्पियन्स कपमा बार्यन म्युनिखले रियल मड्रिडलाई पराजित गरेको छ ।

आइतबार विहान भएको खेलमा बार्यनले रियल मड्रिडलाई ३-१ गोल अन्तरले हराएको हो । बार्यनले खेलको १५ औं मिनेटमा कोरिन्टन टोलिसोको गोलबाट अग्रता लिएको थियो । बाँकी गोल भने दास्रो हाफमा मात्र भयो ।

खेलको ६७ औं मिनेटमा रोबर्टो लेभान्डोस्कीले गोल गरे भने दुई मिनेटपछि सर्ज गोनाब्रीले गोल गरे । खेलको ८१ औं मिनेटमा बार्यन म्युनिख १० खेलाडीमा सीमित भयो । खराब फउल गरेका कारण स्वेन उलरिचले रातो कार्ड पाएका थिए ।

त्यसको फाइदा उठाउँदै तीन मिनेटपछि नै रियल मड्रिडका रोड्रागोले गोल गरे, तर टोलीको हार टार्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment