Comments Add Comment

वर्षायाममा सर्पदेखि साङ्लासम्मको भयः कसरी सुरक्षित रहने ?

हरेक मौसममा केही न केही परिर्वतन आउने गर्छ । ती परिर्वतनले केही खुसी त केही समस्याहरु पनि संग-संगै लिएर आउँछन् ।

वषायाममा गर्मीले दिक्क भएको बेला शितलता लिएर आउने गर्दछ । यद्यपि, वर्षायामले आफु सँगसँगै धेरै प्रकारका समस्याहरु पनि लिएर आउँछ । जसमध्ये यो मौसममा किरा-फट्याङ्ग्राको हैरानी, सर्प तथा बिच्छीको टोकाइबाट उत्पन्न हुने समस्या आदि वर्षायामका नकारात्मक पक्षहरु हुन् । यो संग-संगै लामखुट्टे तथा झिंगाहरुको प्रकोप त अति नै सामान्य कुरा हो ।

वर्षायाममा खासगरी तराई क्षेत्रमा सर्प तथा बिच्छीहरुको डसाइका कारण धेरै मानिसहरुको ज्यानै जाने घटना घटिरहेका हुन्छन् । शहरी क्षेत्रमा सर्प र बिच्छीको प्रकोप कम देखिए पनि त्यसको प्रकोप तराईमा बढि हुन्छ । वर्षायाममा परेको पानी बग्ने क्रममा सर्प बस्ने प्वालहरु पानीले भरिने भएकाले त्यही प्वालबाट सर्पहरु बाहिर निस्कन्छन् ।

ग्रामिण क्षेत्रहरुमा त सर्पको प्वाल मानववस्तीको वरपर नै हुन्छ, जसका कारण सर्पदंशका पहिलो शिकार ती क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरु नै बन्न पुग्छन् । शहरी क्षेत्रमा सर्प हुँदै नहुने भन्ने त होइन, तर तराईका गाउँको तुलनामा शहरमा सर्पहरुको संख्या कम हुन्छ । वर्षायाममा सर्पबाहेक रातो कमिला, लामखुट्टे, विभिन्न प्रकारका झिंगा, उडुस, उपियाँ, साङ्लो जस्ता जीवहरुको प्रकोप अत्याधिक हुन्छ ।

साङ्लो

साङ्लो अर्थात कक्रोच । यो हेर्दै घीनलाग्दो देखिन्छ । त्यसका साथै यो साल्मोनेला नामक संक्रमणको कारण पनि हो । यो फोहोर भएको ठाउँबाट सिधा तपाईको भान्छासम्म पुग्छ । यसको खुट्टाको माध्यमबाट संक्रमण हाम्रो खानामा पुग्छ । मरेको साङ्लोबाट पनि संक्रमण फैलिन्छ ।

सर्प

सर्पले टोकेको ठाउँमा चुसेर विष निकाल्ने कोसिस गर्नु हुँदैन । त्यस्तो गर्दा त्यो विषले तपाइर्ंलाई नोक्शान पुर्‍याउन सक्छ भने बिरामीलाई पनि त्यसले खासै फाइदा पुर्‍याउँदैन । सर्पले डसेपछि घरायसी उपचार गर्नतिर लाग्नु हुँदैन । बिरामीलाई तुरुन्त नजिकैको अस्पताल लैजानु पर्छ । कुन सर्प हो भनेर चिन्ने कोसिस गर्नु पर्छ । सम्भव भएसम्म सर्पलाई राम्रोसँग हेर्नु पर्छ, सर्पको जातका बारेमा थाहा हुँदा चिकित्सकलाई उपचार गर्न सजिलो हुन्छ ।

सर्पले डसेका बिरामीलाई हलचल गर्न दिनु हुँदैन, शान्तसंग बसाउनु पर्छ । यस्तो अवस्थामा जति हलचल गर्‍यो त्यति नै रक्तचाप पनि तिव्र गतिले बढ्छ र बिष शरिर भरि छिट्टो  फैलिन्छ । बिरामीलाई सिधा सुताउनु पर्छ । शरिर जति कम हलचल हुन्छ, बिष पनि कम फैलिन्छ । यदि सर्पले हातमा डसेको छ भने हातलाई झोलाएर राख्नु पर्छ जसले गर्दा बिष अन्य भागमा फैलन पउँदैन । खुट्टामा डसेको छ भने खाटबाट खुट्टा तल झोलाएर राख्नु पर्छ ।

सर्पले डसेको ठाउँमा पानीमा पोटासियम हालेर पखाल्नु पर्छ । घरमा पोटासियम छैन भने साबुन पानीले पखाल्नु पर्छ तर आइस अगाउनु हुँदैन ।

सर्पले डसेको ठाउँ भन्दा दुई इन्च माथि कपडा अथवा डोरिले कसेर बाँध्नुपर्छ । कपडा  अथवा डोरी एक इन्च चौडा हुनु आवश्यक छ, साथै सर्पले डसेको २० मिनेट भित्र पटि्ट बाँधिसक्नु पर्छ ।

शरीर भित्र हुने रक्त सञ्चारलाई प्रभाव पर्ने गरि पटि्ट अथवा डोरी बाँध्नु हुँदैन । जति धेरै पटि्ट बाँधिन्छ, त्यति नै फाइदाजनक हुन्छ । सम्भव भएसम्म बिरामीलाई हिड्न दिनु हुँदैन । बिरामीले जति हलचल गर्छ, बिष पनि त्यति नै शरीरमा फैलदै जान्छ ।

झिंगा

हाम्रो घर वरपर घुमिरहने झिंगा अति नै घातक हुन्छन् । यिनिहरुको शरीरमा १० लाख भन्द बढि कीटाणु समावेश हुन्छन् । यसले खानालई संक्रमित गरिदिन सक्छ । जसका कारण झाडाबान्ता लाग्न सक्छ । झिंगाको संक्रमणबाट बच्नका लागि खानालाई सँधैं छोपेर राख्नु पर्छ ।

उडुस

अहिले उडुस लगभग हराइसकेकेा छ । ग्रामीण क्षेत्रहरुमा काहीँ कतै उडुस आज पनि  भेटिन्छ । त्यस्तै पुराना होटल, अपार्टमेन्टहरुमा पनि उडुस हुन्छन् । उडुस फोहेार र ओसिलो ठाउँमा हुने भएकाले घरलाई सधै सफा र सुख्खा राख्नु पर्छ । समय-समयमा किटनाशक औषधी छर्नु पर्छ । औषधी छर्दा घरमा कोहि नभएको समयमा, मुखमा माक्स लगाएर,  खानेकुराहरुलाई राम्रोसंग छोपेर, केटाकेटीहरुबाट बचाएरमात्र छर्नु पर्छ ।

राता कमिला

वर्षायाममा रातो रंगका कमिलाको प्रकोप अत्याधिक मात्रामा हुन्छ । त्यस्ता कमिलाको टोकाईका कारण छाला रातो हुने, सुन्निने, पोल्ने तथा अन्य समस्याहरु उत्पन्न हुन्छन् । त्यस प्रकारका कमिला ठुलो संख्यामा घरमा प्रवेश गर्छन् । घरमा एक पटक प्रवेश गरेपछि तिनिहरुलाई हटाउन धेरै गाहो हुन्छ । त्यसकारण शुरुदेखि नै त्यस्ता कमिला घरमा प्रवेश गर्न नदिन सतर्कता अपनाउनु पर्छ । घरलाई सधैं सफा र सुख्खा राख्ने, समय-समयमा किटनाशक औषधीहरु छर्कने गर्नु पर्छ ।

बिच्छि

बिच्छिले टोक्दा मानिसको मृत्यु हुने सम्भावना न्युन हुने भएता पनि यसले टोकेको ठाउँमा अत्याधिक पीडा हुने गर्छ । बिच्छिले टोकेमो मानिसलाई सुविधाजनक स्थितिमा आराम गर्न दिनु पर्छ । बिरामीलाई हिड्न, डुल्न अथवा अन्य गतिबिधि गर्नबाट रोक्नु पर्छ । बिच्छिले टोकेको ठाउँमा साबुन पानीले धुनु पर्छ । टोकेको ठाउँमा कीटाणु रहित ड्रेसिङ गरेर पट्टी लगाउनु पर्छ ।

बिच्छिले टोकेको ठाउँलाई चिर्ने कोशिश गर्नु हुँदैन । बिषको प्रभाव कम हुन्छ भन्ने सोचाईका कारण प्रायः ग्रामिण क्षेत्रमा बिच्छिले टोकेको ठाउँमा आगोले पोल्ने गरिन्छ । त्यस्ता घरायसी उपचारले केवल बिरामीलाई नोक्सान पुर्‍याउने काम मात्र हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment