Comments Add Comment

समाजवादीको प्रदेश २ समिति : फोरमलाई ५१, नयाँ शक्तिलाई १९

८ साउन, जनकपुरधाम । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएको झण्डै अढाई महिनापछि प्रदेश २ मा दुबै पार्टीका नेता÷कार्यकर्ता समायोजन भएका छन् ।

गत वैशाख २३ गते यी दुबै पार्टीबीच एकीकरण भई समाजवादी पार्टी नामांकरण गरिएको थियो । एकीकरण पश्चात बुधबार प्रदेश २ को राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमकाबीच समायोजन घोषणा गरिएको छ ।

समायोजन गर्न पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा एक कार्यदल बनाइएको थियो । कार्यदलका संयोजक राउतले नै समायोजन भएर बनेका समाजवादी पार्टीको नयाँ कार्यसमितिको घोषणा गरेका थिए । घोषणा गरिका ७० जनामा ५१ जना तत्कालिन संघीय समाजवादी फोरमका र १९ जना नयाँ शक्तिका छन् । फोरमका ५१ जना एकीकरणको केही दिनअघि सिरहाको लहानमा भएको प्रदेश अधिवेशनबाट चुनिएका थिए ।

पदाधिकारीमा नयाँ शक्तिलाई दुई वटा पद दिइएको छ । बाँकी १७ जनालाई सदस्यको पद दिइएको छ । नयाँ शक्तिबाट उपाध्यक्षमा सुशील यादव र सचिवमा राम कैलाश यादवलाई जिम्मेवारी दिइएको छ । अन्य पदाधिकारी सबै तत्कालिन फोरम नेपालकै छन् ।

विजय यादव अध्यक्ष रहेको प्रदेश समितिको उपाध्यक्षमा तीन जनालाई राखिएको छ । रामपृत पासवान, उर्मिला साह, सुशिल यादव उपाध्यक्ष बनेका छन् भने मुख्य सचिवमा शम्भु झा, सचिवहरुमा दिनेश यादव, ज्ञानेन्द्र कुमार यादव र राम कैलाश यादवलाई चयन गरिएको छ । कोषाध्यक्षमा सिरहाकी रेणु यादवलाई चयन गरिएको छ । ११ पदाधिकारी सहितको ९९ सदस्यीय समितिमा २ उपाध्यक्ष सहित २९ सदस्यको पद खाली राखिएको छ ।

प्रदेशका पदाधिकारी र सदस्यहरुलाई केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले बुधबार नै शपथ ग्रहण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment