+
+
Shares

पासपोर्ट प्रकरण : सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • यस प्रकरणमा जर्मन कम्पनीका नेपाल प्रतिनिधिहरू सिद्धार्थ थापा र मनिन्द्रराज मल्लविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
  • आयोगले आरोपित मनिन्द्रराज मल्ललाई पक्राउ गरिसकेको छ भने अर्का प्रतिनिधि सिद्धार्थ थापा सम्पर्कविहीन छन् ।

८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का प्रकरणमा जोडिएका जर्मन कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मनिन्द्र राज मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिद्धार्थ पासपोर्ट ठेक्का लिने जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि हुन् । कांग्रेस सांसद सुनीलबहादुर थापाका छोरा समेत  हुन् । त्यस्ती मल्ल जर्मन कम्पनी म्यूलबैरका नेपाल प्रतिनिधि हुन् । मल्ललाई अख्तियारले पक्राउ गरिसकेको छ । थापा भने सम्पर्कविहीन छन् ।

अख्तियारले आजै पासपोर्ट विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यो मुद्दामा उनीहरूको पनि नाम छ । नेपालमा राजनीतिक चलखेल गरेर ठेक्काको स्पेसिफिकेसनहरू बदल्दै ठेक्का दिलाउने काममा उनीहरूले कम्पनी प्रतिनिधिको रुपमा भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?