News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन अन्तर्गत आज शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधिको विवादका कारण भोलिलाई सारिएको छ ।
- रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजसम्म तीन हजार कार्ड छपाइ भइसकेका छन् ।
- निर्वाचन आयोगका प्रमुख भुवन केसीले भने, ‘भोलि बिहानबाट बन्द सत्र सुरु हुन्छ’ ।
८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत आज सुरु हुने भनिएको बन्द सत्र भोलिलाई सारिएको छ । प्रतिनिधिको विवादलाई लिएर ढिलाइ हुन पुगेको बताइएको छ ।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजसम्म तीन हजार कार्ड छपाइ भएका छन् । छापिएका कार्डहरू अहिले साँझ ७ बजेबाट बाँड्न सुरु गरिने उनले बताए ।
बाँकी कार्ड भोलि बाँड्ने उनले जानकारी दिए । ‘भोलि बिहानबाट बन्द सत्र सुरु हुन्छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4