
पछिल्लो समय चलचित्र क्षेत्रमा कलाकारले मोटो रकम लिएको चर्चा सधै नै आइरहेको हुन्छ । कलाकारको पारिश्रमिक कै कारण पूराना निर्माताहरुले चलचित्र निर्माण गर्ने आट गर्न सकेका छैनन् । कलाकारको भनाइलाई मान्ने हो भने, उनीहरुले एउटै चलचित्रबाट ५० लाखसम्म पारिश्रमिक वुझ्ने गरेका छन् ।
नायिका स्वस्तिमा खड्काले भने आफू पारिश्रमिकको बिषयमा हल्ला नगर्ने बताउँछिन् । उनले आफूले नभनेकै कारण आफूले लिएको पारिश्रमिकको चर्चा नहुने बताइने ।
स्वस्तिमा आफूले पारिश्रमिक भन्दा पनि क्यारेक्टरमा विशेष ध्यान दिने बताउँछिन् । उनले अगाडि थपिन्–‘मलाई पारिश्रमिकले कुनै अर्थ राख्दैन । मेरो लागि जहिले पनि पहिलो नम्बरमा क्यारेक्टर र टिम नै हुन्छ । क्यारेक्टर र टिम राम्रो छैन् भने जति पैसा पाए पनि गर्दिनँ ।’
अहिले आइरहने कलाकारको पारिश्रमिकको समाचारको विषयमा पनि उनले बोलेकी छिन् । उनले भनिन्–‘कलाकार र निर्माताको कुरा मिलेर महंगो पारिश्रमिक लिनुभयो भने त त्यो राम्रो कुरा हो नि । तर, तपाईले २० लाख लिनुहुन्छ भने ५० लाख फिर्ता गर्ने क्षमता राख्नुपर्छ । २० लाख लिने अनी निर्माताको हातमा ५ लाख मात्र पर्यो भने त त्यो नमज्जा हुन्छ नि त ।’
स्वस्तिमाको यो भनाइसँगै चर्को पारिश्रमिक लिने कलाकारमाझ तरंग उत्पन्न भएको छ ।
प्रतिक्रिया 4