+
+
Shares

एनसेल विष्फोट: सुरक्षागार्डलाई पेस्तोल देखाएको आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १० गते २०:०४

१० साउन, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि बम विष्फोट गराइएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको षडानन्द–९ घर भएका ३३ वर्षीय दोर्जे भनिने दोर्ची शेर्पा छन् । उनी प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का युवा संगठन सदस्य हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार शेर्पालाई गोंगबुबाट पक्राउ गरिएको हो । ‘उनले एनसेल कार्यालयमा विष्फोट भएको दिन सुरक्षागार्डलाई पेस्तोल देखाएका थिए’, थापाले भने, ‘सीसी टीभी फुटेजको आधारमा पक्राउ गरेका हौं ।’

अघिल्लो वर्ष १० फागुनमा भएको विष्फोटमा एक जनाको मृत्यु र ३ जना घाइते भएका थिए । घटनामा संलग्न भएको आरोपमा समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली उर्फ सुदर्शनसहित ७ जना पक्राउ परिसकेका छन् ।

उनी वलीलाई पक्राउ गरिएको अपरेशन काफल डाँडाबाट भाग्न सफल भएको प्रहरी दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?