+

नेपाली फुटबल टिमका एथ्लेटिक्स ट्रेनर अधिकारी बर्खास्त

२०७६ साउन  १४ गते २०:१२ २०७६ साउन १४ गते २०:१२
नेपाली फुटबल टिमका एथ्लेटिक्स ट्रेनर अधिकारी बर्खास्त

१४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका एथ्लेटिक्स ट्रेनर विवेक विक्रान्त अधिकारी पदमुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्य समितिको निर्णयले आज टिमका एथ्लेटिक्स ट्रेनर अधिकारीलाई पदमुक्त गरेको हो ।

विश्वकप फुटबल २०२२ को दोस्रो चरणको छनोट तथा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको पहिलो दिननै कडा अभ्यास गराएको भन्दै खेलाडीले असन्तुष्टि जनाएका थिए ।

यसै विषयमा नेपाली फुटबल टिमका गोलकिपर किरण चेम्जोङ र ट्रेनर विक्रान्तबीच विवाद भएको थियो । विक्रान्तले किरणको अनुहारमा तातो चिया खन्याएपछि विवादले उग्ररुप लिएको थियो ।

यो घटनाबारे छानविन गर्न एन्फाले सदस्य मधुसुदन उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको थियो । छानविन समितिले बुझाएको प्रतिबेदनको आधारमा विक्रान्तलाई कारबाही स्वरुप पदमुक्त गरिएको र गोलकिपर किरण चेम्जोङलाई सचेत गराएको बताएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय