Comments Add Comment

सत्रौं आहा रारा गोल्डकपमा डेढ लाख मात्र बचत

१८ पोखरा, साउन । १७ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताबाट एक लाख ४९ हजार ३ सय २६ रुपैयाँ मात्र बचत भएको छ ।

फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा भएको प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले शनिबार हिसाव किताब सार्वजनिक गरेको हो ।

क्लबका कोषाध्यक्ष एवं अर्थ संकलन उपसमितिका सह संयोजक राजु लालचनका अनुसार १७ औं संकरणमा ७० लाख ७८ हजार ७८६ रुपैयाँ आम्दानी भएको थियो । गेट टिकटबाट मात्र १५ लाख ५० हजार २ सय ६५ रुपैया आम्दानी भएको छ भने व्यानर तथा आर्थिक सहयोगबाट १८ लाख ५५ हजनार ४ सय ५० रुपैयाँ आम्दानी भएको कोषाध्यक्ष लालचनले जनाए ।

प्रतियोगिता सम्पन्न गर्न ६९ लाख २९ हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ ।

यो बचत रकम अघिल्लो बर्ष भन्दा करिब ९४ प्रतिशतले कम बचत भएको हो । १६ औं आहा रारा गोल्डकपमा २३ लाख ७६ हजार ९७ रुपैयाँ बचत भएको थियो । १५ औं संस्करणबाट २७ लाख बढी बचत भएको थियो ।

बिना प्यारापिट प्रतियोगिता संचालन हुँदा आम्दानी घटेको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment