
१९ साउन, काठमाडौं । साउन १६ सम्म नाम दर्ता भएका मतदाताहरुले उपनिर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले साउन १६ लाई अन्तिम समयसीमा तोकेको हो । साथै उपनिर्वाचन हुने जिल्लाहरुमा मतदाता नामावलीमा नाम दर्ता पनि अर्को निर्णय नहुँदासम्मका लागि रोकिएको छ ।
आयोगले १६ साउनसम्म संकलन भएका मतदाताको विवरण अद्यावधिक गरी पठाउन पनि जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा, प्रदेश र स्थानीय तहका रिक्त पदमा मंसिर १४ गते उपनिर्वाचन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4