+
+

त्रिविको उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते ७:५२

२० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न ‘सर्च कमिटी’ गठन भएको छ ।

सहकुलपतिसमेत रहेका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन भएको हो । कमिटीमा कमलप्रसाद गुरागाईं र दिल्लीप्रसाद शर्मा सदस्य रहेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका हालका उपकुलपति प्रा.डा. तीर्थ खनियाँको कार्यकाल सकिन दुई साता बाँकी रहेकाले नयाँ उपकुलपति छनोट गर्न लागिएको हो ।

त्रिभुवन विश्वविद्यालयको ऐनमा सहकुलपतिको संयोजकत्वमा सिनेटका दुई सदस्य रहने गरी सर्च कमिटी गठन गर्ने व्यवस्था छ । सर्च कमिटीले सिफारिस गरेको व्यक्तिलाई कुलपति एवम् प्रधानमन्त्रीले नियुक्त गर्ने प्रावधान छ ।

प्रा.डा. खनियाँलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ०७२ भदौ ७ गते त्रिविको उपकुलपति नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?