+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सम्पत्तिमाथिको अधिकारबारे एनआरएनलाई ढुक्क हुन कानूनमन्त्री ढकालको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते १६:१७

रोम / कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गैरआवासीय नेपालीहरूको सम्पत्तिमाथिको अधिकारबारे ढुक्क हुन आग्रह गरेका छन् । एनआरएन युरोपेली बैठकमा गैरआवासीय नेपालीहरुको प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिंदै मन्त्री ढकालले यस्तो बताएका हुन्।

उनले पैत्रिक सम्पत्तिमाथि एनआरएनहरुको अधिकार बन्देज नरहेको बताउँदै गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ संशोधन विधेयक तयार गरिरहेको स्पष्टसमेत पारे। विदेश नीति तथा नागरिकता जस्ता विषयमा राष्ट्र एक मत भएर अगाडि बढ्नु पर्नेमा मन्त्री ढकालको जोड थियो।

एनआरएनले विदेशी नागरिकलाई धर्म पुत्र, धर्म पुत्री राख्न सक्ने, अंश र अपुताली प्राप्त गर्न सक्ने, भोग चलन र बिक्री वितरण गर्न सक्ने, बन्धकी दिन पाउने, विदेशी मुद्रामा मुनाफा/लगानी फिर्ता लैजान सकिने, विदेशी नागरिकता लिए पनि छोरा, छोरीले नेपाली नागरिकता लिन पाउने बताए । ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने भावना नमर्ने गरी हामीले कानून निर्माण गर्ने छौं। तपाईंको छोरा छोरी, नाती नातिनालाई कसरी जोड्ने भन्ने मुख्य प्रश्न हो,’ मन्त्री ढकालले भने।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गैरआवासीय नेपालीलाई नागरिकता दिनेबारे आफ्नो पार्टी र सत्तारुढ नेकपाबीच कुनै मतभिन्नता नरहेको बताए। उनले संविधानले तोकेको सीमा भित्रै बसेर गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने काम सहज बनाउन आफ्नो पार्टीले पहल गर्ने बताए ।

‘नेपाली नागरिकताको निरन्तरता’ विषयक सत्रमा संघका प्रमुख संरक्षक रामप्रताप थापा, उपाध्यक्ष कुल आचार्य, डा हेमराज शर्मा, महेश श्रेष्ठ लगायतका वक्ताले बोलेका थिए। दुईदिनसम्म ईटालीमा रोममा चलेको एनआरएनको युरोपेली बैठक आइतबार १७ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?