Comments Add Comment

भारतबाट भित्रिएको प्याजमा पनि विषादी, आलुमा झन् धेरै

२० साउन, विराटनगर । भारतबाट भित्रिएको प्याजमा पनि विषादी भेटिएको छ । प्रदेश सरकारले स्थापना गरेको प्रयोगशालामा परीक्षण गर्दा भारबाट भित्रिएको प्याजमा पनि विषादी भेटिएको हो । प्रयोगशालामा भारतबाट आयातित आलुमा विषादीको मात्रा उच्च भएको फेला परेको छ ।

एक महिनाअघि स्थापना भएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालामा परीक्षण गरिएका स्थानीय तरकारीमा विषादीको मात्र भने न्यून देखिएको छ ।

बाली संरक्षण प्रयोगशालामा सुनसरीको भान्टाबारी हुँदै नेपाल भित्रिएका आलु र प्याज परीक्षणका लागि आउँछन् । ती तरकारी परीक्षण गर्दा मात्रा उच्च देखिएको हो ।

भारतबाट आयातित आलुमा ३० ‘इनिविसन’ विषादी मापद गरिएको छ । ३५ इनिबिसन भन्दामाथि विषादी मापन गरिएको तरकारी प्रयोग गर्न अयोग्य मानिन्छ ।

नेपालमा बिक्रीका लागि भित्रिएका आलु प्रयोग गर्न मिल्ने भएपनि विषादीको मात्र नेपालमा उत्पादन भएका तरकारी भन्दाबढी मात्रामा भेटिएको प्रयोगशालाका प्राबिधिकहरु बताउँछन् ।

कार्वामेट र अर्गानो सल्फेट विषादीको समुहको परिक्षण गर्दा स्थानीय तरकारीमा भने विषादीको मात्रा न्यून पाइएको नायब प्राबिधिक सहायक सीता बरालले जानकारी दिइन् ।

सुनसरी भन्सारबाट ल्याएको भारतीय आलुको नमूना परीक्षण गर्दा अर्गानोफस्फेट अधिकतम ३०-३२ इनिबिसनसम्म पाइएको छ । व्याजमा पनि १० इनिबिसनसम्म अर्गानो सल्फेटको मात्र भेटिएको छ । स्थानीय उत्पादनमा भने अधिकतम २५ इनिबिसनसम्म विषादीको मात्रा भेटिएको छ ।

बराका अनुसार तरकारी र फलफूलमा ३५ ‘इनिविसन’ भन्दा कम मापनमा आउँदा उपभोग मिल्छ । ‘३५ देखि ४५ ‘इनिविसन’सम्म मापन भए केही समय राखेर पून परीक्षण गरी उपभोग गर्न मिल्छ । तर ४५ भन्दामाथि देखिएको अवस्थामा भने नष्ट गर्नुपर्छ ।

एक महिना अघि स्थापना भएको ल्याबमा स्थानीय बजारबाट संकलन गरेर तरकारीको नमूना परीक्षण गरिएको थियो । परीक्षण गर्दा कुनै तरकारी उपभोगका लागि अयोग्य भने भेटिएको थिएन् ।

प्रदेश सरकाले गत आर्थिक वर्ष स्थापना गरेको ल्याबमा दैनिक २० देखि ३० वटा तरकारी नमूना परीक्षण गर्न सकिन्छ । तर, परीक्षणका लागि भने दैनिक १-२ जना मात्र पुग्ने गरेका छन् ।

सहायक प्राबिधिक बरालका अनुसार भारतबाट सुनसरी हुँदै भित्रिएको आलु र प्याजको परीक्षण गर्न विराटनगरसम्म आउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment