+
+
Shares

श्रीमान वैदेशिक रोजगारीमा, श्रीमती अर्कै युवकसँग पासोमा !

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते १८:४२

२० साउन, काठमाडौं । काठमाडौंको कपनमा एउटै रुखमा पासो लागेर युवायुवतीले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा सोलुखुम्बु सोताङ-४, नाम्लुङका २१ वर्षीय अमिर/चन्द्र नाछिरिङ र दूधकोशी गाउँपालिकाकी २३ वर्षीया निर्मला खालिङ छन् ।
महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नरेन्द्र चन्दले उनीहरुको शव झुण्डिएको अवस्थामा फेला परेको बताए ।

‘झुण्डिएको अवस्थामा भेटिएपछि हामीले अनुसन्धान थालेका छौं’, चन्दले अनलाइनखबरसँग भने, ‘घटनास्थल वरपर सुसाइड नोट वा अन्य केही कुरा भेटिएका छैनन् ।’

प्रहरी दुवैको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरेको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार खालिङ विवाहित हुन् । उनको एक छोरीसमेत छिन् । छोरी पढाउन भन्दै उनी काठमाडौं आएकी थिइन् । नाछिरिङ भने अविवाहित हुन् ।

निर्मलाको विवाहेत्तर सम्बन्धको पोल खुलेपछि दुवै जनाले आत्महत्याको बाटो रोजेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । बिष्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?