Comments Add Comment

वीरगञ्जमा गोली चल्यो, बाबुछोरा पक्राउ

२१ साउन, वीरगञ्ज । पर्खाल निर्माणको विषयमा विवाद हुँदा वीरगञ्जमा गोली चलेको छ ।

वीरगञ्ज महानगरपालिका १८ भवानीपुरमा बाटो छेउको पर्खालको बिषयमा स्थानीय वृजेशकुमार पटेल र मोहन साहबीच विवाद हुँदा साहका छोराले गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीले मोहन साह र उनका छोरा कुन्दनलाई पक्राउ गरेको छ ।

पटेल र साहबीच झगडा हुँदा साहका छोराले घरमा राखेको बन्दुक निकालेर गोली चलाएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । घटनास्थलबाट फायर भएको १ राउण्ड कार्टिज फेला पारेको  प्रहरीले जनाएको छ ।

मोहन साहको घरमा खानतलासी गर्दा एउटा १२ बोर बन्दुक त्यसमा लाग्ने ४ राउण्ड लाइभ कार्टिज बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment