+

कप्तान विराटको शतकमा भारतको सहज जित

२०७६ साउन  २७ गते ८:०४ २०७६ साउन २७ गते ८:०४
कप्तान विराटको शतकमा भारतको सहज जित

२७ साउन, काठमाडौं । वेष्ट इन्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा भारतले जित हात पारेको छ ।

क्विन्स पार्क ओभलमा भएको खेलमा भारतले घरेलु टोली वेष्ट इन्डिजलाई ५९ रनले पराजित गरेको हो । ४६ ओभरमा २७० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ४२ ओभरमा सबै विकेटको क्षतिमा २१० रन मात्रै बनाएपछि भारतले सहज जित निकालेको हो । वेष्ट इन्डिजले ब्याटिङ गरिरहेको अवस्थामा पानी परेपछि खेल ४६ ओभरमा छोट्याइएको थियो ।

वेष्ट इन्डिजका लागि इभिन लेविसले ६८ रन बनाए । त्यस्तै, निकोलस पुरनले ४२ रन बनाए । भारतका लागि बलिङतर्फ भुवनेश्वर कुमारले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २७९ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले शतकसहित १२० रन बनाए । त्यस्तै, श्रेयस ऐयरले ७१ रन बनाएका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय