+
+

अनमोलको नयाँ फिल्मको नाम ‘एन्टी हिरो’, भूवन भिलेन

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते १४:२६

नायक अनमोल केसीको नयाँ चलचित्रको नाम सार्वजनिक भएको छ । चलचित्रको नाम ‘एन्टी हिरो’ राखिएको छ । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्रको नाम आजै मात्र चलचित्र विकास बोर्डमा दर्ता गरिएको हो । चलचित्रको छायांकन दशैंपछि सुरु हुनेछ ।

अनमोलको होम प्रोडक्शनमै बन्ने यो चलचित्रलाई लभ स्टोरी र एक्सन जनरामा निर्माण गरिने निर्माता समेत रहेका नायक भूवन केसीले जानकारी दिए । यो चलचित्रमा दर्शकले अनमोललाई एक्सन अवतारमा देख्नेछन् । साथै, अनमोलको चकलेटी अवतार पनि चलचित्रमा देखिनेछ ।

चलचित्रका लागि अन्य टिम फाइनल गरिएको छैन । चलचित्रमा नायक भूवन केसी पनि मुख्य भूमिकामा देखिदैछन् । भूवनलाई दर्शकले खलपात्रको भूमिकामा देख्नेछन् । यो चलचित्रका लागि नायक अनमोल केसीले केही समयदेखि तयारी गरिरहेका छन् । चलचित्रका निर्देशक, नायिका केही दिनमै सार्वजनिक गर्ने निर्माता केसीले बताए । चलचित्रको अहिले स्क्रिप्टमा काम भैरहेको छ ।

दर्शकले नायक अनमोल केसीलाई एक्सन र लभ स्टोरी भूमिकामा देखिन आग्रह गरिरहेका छन् । यसैले पनि दर्शकका लागि अनमोलको यो भूमिका विशेष हुने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?