Comments Add Comment

घरलाई कसरी उज्यालो बनाउने ?

उज्यालो हामी सबैलाई मनपर्छ । अझ हामी बस्ने घर तथा घरका कोठाहरु सधैं उज्यालो भैरहुन् भन्ने हामी सबैको चाहना हुन्छ । घरका हरेक कोठामा प्राकृतिक उज्यालो, स्वच्छ हावा आवत-जावत गर्ने व्यवस्था गर्न सकियो भने सुनमा सुगन्ध थपे जस्तै हून्छ । अझ, हाम्रो घरका सबै कोठामा सूर्यको किरणलाई नै प्रवेश गराउन सकियो भने अझ राम्रो हुन्छ ।

घर बनाउने क्रममै केही योजनाहरु बनाउने हो भने धेरै हदसम्म घरको कोठालाई उज्यालो बनाउन सकिन्छ । यद्यपि, तिब्र शहरीकरणसंगै शहरभरी घरै-घर हुन थालेपछि घरका कोठाहरुलाई चाहेर पनि उज्यालो बनाउन गाह्रो छ । यद्यपि, हामीले निर्माण गर्न लागेका नयाँ घरहरुलाई भने केही उपाय अपनाएर दिनभरी उज्यालो बनाउन सक्छौं ।

-घरका कोठाहरु उज्यालो बनाउने हो भने सबैभन्दा पहिला घरेडी किन्ने बेलामा नै विचार पुर्‍याउनु पर्छ । कम्तिमा तीनतिर खुल्ला भएको घरेडी किन्न सकियो भने उक्त घरेडीमा घर बनाउँदा कोठाहरु उज्यालो भैरहन सक्छन् ।

– यदि घरेडीको तीन तीर खुल्ला ठाउँ छैन भने पनि चिन्ता नलिदा हुन्छ । घर बनाउने बेलामा प्रत्येक कोठामा ठूल्ठूला झ्यालहरु हालेर पनि कोठालाई उज्यालो बनाउन सकिन्छ । सकिन्छ भने झ्यालमाथि भेन्टिलेटर पनि राख्न सकिन्छ । उक्त भेन्टिलेटरमा सिसा लगाएर थप प्रकाशलाई कोठा भित्र छिराउन सकिन्छ । त्यसको भयो भने घर प्राकृतिक रुपमै उज्यालो देखिन्छ ।

– डाइनिङ हल, बैठक कोठा तथा बरण्डामा आल्मुनियमको स्लाइडिङ ढोका हाल्दा कोठा अझ राम्रो देखिन्छ । स्लाइडिङ ढोकामा सिसाको प्रयोग गरियो भने त्यसबाट सजिलै प्रकाश भित्र छिर्न पाउँछ ।

– भान्सामा पनि ठूलो आकारको झ्याल राख्नु पर्दछ, जसमा सिसा त राखिन्छ नै, साथसाथै जाली पनि लगाउनु पर्छ । त्यस्तो गरियो भने झ्याल खुल्ला भएको बेला पनि किरा-फट्याङ्ग्राहरु भान्सा भित्र छिर्न पाउँदैनन् ।

– बेडरुममा पनि ठूलै आकारको झ्याल राख्नु पर्छ । उक्त झ्याल बाहिरतर्फ खुल्ने हुनुपर्छ । त्यसले वर्खायाममा बाहिर परेको पानी कोठा भित्र छिर्न पाउँदैन भने झ्यालबाट हावा आउने-जाने क्रम जारी रहन्छ र उज्यालो पनि उत्तिकै आउन पाउँछ ।

– बाथरुममा पनि राम्रै आकारको झ्याल राख्नु पर्छ । बाथरुममा साढे दुई फिटसम्मको झ्याल राम्रो मानिन्छ । यससँगै बाथरुममा एडजस्ट फ्यान राख्नु अनिवार्य मानिन्छ ।

– ठूल्ठूला सपिङ मल मात्र होइन, अचेल घरायसी प्रयोजनका घरहरुमा समेत बेसमेन्ट राख्न थालिएको छ । खासगरि बेसमेन्टलाई पार्किङस्थलको रुपमा प्रयोग गर्न चलन छ । पार्किङ गर्ने त हो भनेर बेसमेन्टमा प्राकृतिक उज्यालोलाई वेवास्ता गरिएको पाइन्छ । बेसमेन्टलाई पनि प्राकृतिक रुपले उज्यालो बनाउने हो भने भुईंभन्दा केही फिटमाथि भेन्टिलेटर राख्न सकिन्छ । उक्त भेन्टिलेटरबाट प्रकाश मात्र होइन स्वच्छ हावा पनि बेसमेन्ट सम्म पुग्न पाउँछ ।

– घरको प्यासेज क्षेेत्रमा पनि पारदर्शी छाना लगाएर घरको उक्त भागलाई उज्वायो बनाउन सकिन्छ ।

– यदि घरको कुनै कोठाको बाहिरी भित्तामा झ्याल राख्ने ठाउँ छैन भने त्यो बेला थोरै बुद्धि पुर्‍याएर कोठालाई उज्यालो बनाउन सकिन्छ । उक्त भित्तामा काठको फ्रेमबाट बनेको शिशाको पार्टेसन वाल लगाउन सकिन्छ । त्यसले कोठालाई उज्याला बनाउन सहयोग पुर्‍याउँछ ।

-जाडो महिनामा हामीलाई घाम असाध्यै प्यारो हुन्छ । एकारित घामबाट न्यायोपना प्रँप्त हुन्छ भने अर्कोतिर कोठा पनि उज्यालो हुन्छ । तर त्यही घाम बर्खायाम अथवा गर्मी मौसममा भने बढि हुन्छ । त्यसबाट जोगिनका लागि झ्यालको सिसामा कालो लेयर राख्न सकिन्छ । अथवा उक्त झ्यालमा कटनको पातलो पर्दा समेत लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment