+
+

नविल बैंकको प्रगतिः ४ अर्ब मूनाफा, ७ अर्ब बढी ब्याज आम्दानी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २९ गते १०:३५

२९ साउन, काठमाडौं । नविल बैंक लिमिटेडले एक वर्षमा ४ अर्ब रुपैयाँ भन्दा बढी मूनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैयमासको वित्तीय विवरण सार्वजनिक गर्दै ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी दिएको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ९८ करोड रुपैयाँ कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले गत आर्थिक बर्षमा बैंकको नाफा ७.८४ प्रतिशतले बढाएको हो ।

बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब १८ करोड ४६ लाख रुपैयाँ रहेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष ३४ प्रतिशत लाभांश दिएको थियो । यस वर्ष त्यो भन्दा पनि बढी लाभांश दिने क्षमता नविल बैंकको देखिएको छ ।

बैंकको खुद ब्याज आम्दानी १७.१५ प्रतिशतले बढेर ७ अर्ब ३३ करोड ६० लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा खुद ब्याज आम्दानी ६ अर्ब २६ करोड २० लाख रहेको थियो ।

गत आर्थिक वर्ष बैंकले १ खर्ब ६४ अर्ब ३७ करोड ६० लाख निक्षेप संकलन गरेको छ । जुन अघिले आर्थिक वर्षको सोहि अवधिको भन्दा २१.९३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ खर्ब ३४ अर्ब ८१ करोड छ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

सोहि अवधिमा बैंकको कर्जा लगानी १८.५४ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब २० करोड ४३ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ९ अर्ब पाँच करोड ९३ लाख कर्जा लगानी गरेको थियो । बैंकको खराब कर्जा ०.७४ प्रतिशत रहेको छ भने बेस रेट ८.०९ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?