+
+

जम्मू कश्मीरबारे लाल किल्लाबाट मोदीले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३० गते ११:४४

३० साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिकल ३७० र ३५ ए निष्प्रभावी बनाएर सरकार सरदार पटेलको सपना साकार गर्ने बाटोमा हिँडेको बताएका छन् ।

भारतका पूर्वगृहमन्त्री पटेल भारतको लौह पुरुषको नामले चिनिन्छन् । भारत स्वतन्त्रता संग्राममा उनको उल्लेख्य भूमिका रहेको बताइन्छ ।

७३ औं स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लामा आयोजित कार्यक्रममा झण्डा फहराएपछि उनले डेढ घन्टा लामो भाषण गरेका थिए । मोदीले सुरुमै जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिने संविधानको धारा ३७० हटाएको चर्चा गरे ।

जम्मू कश्मीरको समस्या समाधानका लागि पछिल्लो ७० वर्षमा हरेक सरकारले केही न केही गरेको, तर राम्रो परिणाम नआएको भन्दै उनले भने, ‘यस्तोमा नयाँ शिराबाट सोच्नुपर्छ । जम्मू कश्मीर र लद्दाखका नागरिकको सपना पूरा होस्, यो हाम्रो दायित्व हो ।’

७० वर्षदेखि जम्मू कश्मीरमा आतंकवाद, अलगाववाद, परिवारवाद र भ्रष्टाचारलाई मजबुत बनाउने काम मात्र भएको भारतीय प्रधानमन्त्री मोदीको दाबी छ । उनले भने, ‘लाखौं मानिस विस्थापित भएका छन् र उनीहरुले मानवीय अधिकार पाएका छैनन् । पहाडी जनताको चिन्ता हटाउने प्रयासमा हामी छौं । भारतको विकास यात्रामा जम्मू कश्मीरले ठूलो योगदान गर्न सक्छ ।’

आज देशमा हरेक नागरिकले ‘वान नेशन, वान कस्टिच्युसन’ भनेको उल्लेख गर्दै उनले आर्टिकल ३७० को वकालत गर्नेहरुलाई यो धारा यति महत्वपूर्ण भएको भए किन भारी बहुमत आउँदा स्थायी नगरेको भन्ने प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?