Comments Add Comment

‘हिरो नेपाल’ आयोजना हुँदै

अहिले नेपालमा रियालिटी शो आयोजना गर्ने प्रचलन बढेको छ । यसैविच, एक्टिभ प्रोडक्शन एन्ड मिडिया प्रालिले ‘हिरो नेपाल’ प्रतियोगीता आयोजना गर्ने भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संस्थाकी प्रमुख कार्यकारी अधिकृत उमा श्रेष्ठले देश तथा विदेशमा बस्ने नेपालीले प्रतियोगीतामा भाग लिन पाउने बताइन् ।

कार्यक्रममा जुनसुकै उमेर समुहका क्षमतावान र प्रतिभाशाली व्यक्तिहरुले भाग लिन पाउने बताइएको छ । १२ जना निर्णायक रहने कार्यक्रममा एकल, जोडी तथा समुह भएर भाग लिन सक्ने बताइएको छ । प्रतियोगीतामा प्रथम हुनेलाई १० लाख, दोश्रो हुनेलाई ८ लाख र तेश्रो हुनेलाई ६ लाख पुरस्कार दिइने बताइएको छ । यो शोको केही दिनमै अडिसन सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment