
३२ साउन, राजविराज । सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटना भएको थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका- ३ का अधिकारी रेडियो नेपालका बुटवल सम्वाददाता थिए । घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको छ ।
पत्रकार अधिकारीसहितको टोली तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि पूर्वतर्फ जाँदै थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4