Comments Add Comment

होस्टल एसोसिएसन नेतृत्वको लागि पाठक समुहको उमेद्वारी घोषणा

३२ साउन, काठमाडौं । नेपाल होस्टल एसोसिएसनको यही भाद्र ७ गते हुन गईरहेको सातौं बार्षिक साधारणसभा तथा अधिवेशनका लागी भक्ति पाठक समुहले उमेद्वारी गरेका छ ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पाठक समूहले उमेद्वारी घोषणा गरेको हो । आफ्नो समूहलाई जिताउन अपिल गर्दै पाठक समूहले घोषणा पत्र समेत सार्वजनिक गरेको छ ।

देशभरका ७ सय भन्दा बढी होस्टलहरु सदस्य रहेको होस्टल एसोसिएसनमा अहिले स्पष्ट रुपमा दुइवटा समूह नयाँ नेतृत्वको लागी प्रतिष्पर्धामा छ । यही क्रममा आज ललितपुरमा आयोजित एक समारोह बीच पाठक समुहले आफ्नो प्रतिवद्धता पत्र व्यवसायी समक्ष पेश गरेको हो ।

सो समारोहमा अध्यक्षका उमेद्द्वार पाठकले आफुले विजय प्राप्त गरेको खण्डमा हालको अवस्थाबाट होस्टल एसोसिएसनको संस्थागत गरिमा र होस्टल व्यवसायको व्यवसायिक मर्यदा निक्कै उँचो स्तरमा पुर्याउने प्रतिवद्दता गरे । उनले आफुले प्रस्तुत गरेको घोषणा पत्रमा उल्लेख भएका सम्पूर्ण कार्यहरु दुई वर्ष भित्रमा पुरा गर्ने बताए ।

पाठक समुहले सार्वजनिक गरेको पत्रमा होस्टलमा कामदारको आपूर्तिको व्यवस्था मिलाउनेदेखि व्यवसायीको बीमा साथै स्वास्थ्य उपचारसम्मका कुराहरु उल्लेख गरिएका छन् । पाठक समूहलाई निवर्तमान अध्यक्ष सुबास कोइराला र एशोसिएसनका प्रथम निर्वाचित अध्यक्ष राजिब जोशीको समेत समर्थन रहेको छ ।

शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष कोइरालाले पाठक समुह हालको अवस्था र समयको मागलाई मध्यनजर गर्दै होस्टल व्यवसायको सामाजिक इज्जत, प्रतिष्ठा र छविलाई स्थापित गर्न सक्षम रहेकोले आफुले पनि समर्थन गरेको बताए ।

एसोसिएसनका प्रथम निर्वाचित अध्यक्ष जोशीले नेपाल होस्टल एसोसिएसनको महत्व, आवश्यकता र औचित्यता पुष्टि गर्नेकुरामा यो समुह क्रियाशील रहने देखेर नै यसको पक्षमा संस्थापक अध्यक्ष सहित सम्पूर्ण शिर्ष नेतृत्वले पाठक समुहलाई सहयोग गरेको स्पष्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment