+
+
Shares

एनआरएनएको भवनमा राष्ट्र बैंकको कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १ गते १२:२८

१ भदौं, काठमाडों । नेपाल राष्ट्र बैंकको एउटा ईकाई गैर आवासीय नेपाली संघ (एनआरएनए) को भवन बालुवाटारमा सरेको छ ।

राष्ट्र बैंकको महत्वपूर्ण इकाई मानिने वित्तीय जानकारी ईकाई बालुवाटारस्थित एनआरएनएको भवनमा स्थानान्तरण भएको हो । यस अघि यो इकाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरमै थियो ।

२०७२ सालमा गएको भूकम्पका कारण राष्ट्र बैंकको बालुवाटारमा रहेका भवनहरुमा क्षति पुगेको थियो । अहिले पुनर्निर्माणको काम भइरहेको छ । आफ्नो क्षेत्रमा भवनको समस्या भए पछि राष्ट्र बैंकले इकाईलाई भाडामा लिएको घरमा सारेको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक सुमनकुमार अधिकारीले एनआरएनएको भवन भाडामा लिएर आइतबारदेखि नै कार्यालय स्थानान्तरण गरिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?