+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

मोरङबाट नक्कली परीक्षार्थी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३ गते १८:२७

३ भदौ, विराटनगर । अरुको नाममा परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा अन्तर्गत मंगलबार भएको गणित विषयको परीक्षामा सहभागी मुन्ना मण्डललाई रंगेली नगरपालिका-६ मा रहेको पब्लिक माध्यमिक बिद्यालय परीक्षा केन्द्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनवर्सी नगरपालिका- ८ का २१ वर्षीय मण्डलले ०८१३४३६ सिम्वल नम्बर भएका कुमोदप्रसाद गनगाईको परीक्षा दिएका थिए । उत्तरपुस्तिका बुझाएर अरुलाई सिकाउन थालेपछि चेकजाच गर्दा उनी नक्कली परीक्षार्थी भएको खुलेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा मण्डल स्नातक अध्ययनरत विद्यार्थी भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए । मण्डलमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?