+
+

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३ गते १९:५६

३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई डेढ साता लामो हुने भएको छ । उनी स्वास्थ्य उपचारका लागि ५ गते जाँदैछन् ।

मंगलबार बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका हुन् । ‘म स्वस्थ्य छु, बाहिर हल्ला गरे जस्तो केही भएको छैन’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले भने, ‘८/१० दिनलाई फेरि जाँदैछु भन्नुभयो ।’

डाक्टरले पुनः परिक्षणका निम्ति आउनु भनेकाले सिंगापुर जान लागेको प्रधानमन्त्रीको भनाइ थियो ।

यसअघि प्रधानमन्त्री ओली साउन १८ गते उपचारका लागि सिंगापुर गई साउन २७ गते फर्किएका थिए । उपचार गरेर फर्किएको दुई झण्डै एक सातापछि उनी फेरि जान लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?