Comments Add Comment

प्रयोग नगर्ने लुगाफाटो ‘कपडा बैंक’ मा दिने कि ?

कुनैबेला नायक रमेश उप्रेतीले अनलाइनखबरसँग गफिदै गर्दा भनेका थिए, ‘मसँग त्यस्ता थुप्रै लुगाफाटा छन्, जसको ट्याग पनि उप्काइएको छैन ।’ अर्थात उनीसँग लगाएर पनि साध्ये नहुने लुगाको थुप्रो छ ।

त्यसो त रमेश मात्र होइन, अरुसँग पनि लुगाफाटोको थुप्रो हुनेगर्छ । लगाउन बाँकी मात्र होइन, लगाएर रहर पुगेका लुगाले कोठा भरिएको हुन्छ । यस्ता लुगाफाटो कहाँ लाने ? के गर्ने ? केही भेउ पाइरहेका हुँदैनन् ।

आफुले लगाएको लुगाफाटो यत्तिकै फोहोरको डंगुमा मिसाउन पनि मन लाग्दैन । घरमा राख्ने ठाउँको अभाव हुन थाल्छ । हुनेखानेहरुका घरमा यस्ता लुगाफाटो प्रशस्तै हुन्छ, जो उनीहरुले पुन प्रयोग गर्दैर्नन् ।

सामान्य व्यक्तिका लागि पनि अब लुगाफाटो लगाउन त्यती गाह्रो भएन । नयाँ-नयाँ डिजाइन देख्नसाथ खरिद गर्छन् । रहर पुरा हुनेगरी लगाउँछन् । त्यसपछि कतै थान्को लगाउँछन् । थोरै फाटेको, रंग खुइलिएको, साइज नमिलेको लुगाफाटो हरेकको घर घरमा थुप्रो लागेको हुन्छ । यी लुगाफाटो के गर्ने ?

कतिले घरकै कुनाकाप्चामा थान्को लगाउँछन् । कतिले यत्तिकै मिल्काउने गर्छन् । कतिले भने टालो बनाएर घर सफा गर्न प्रयोग गर्छन् । कतिपयले भने यस्ता लुगाफाटो उपकारको काममा लगाउँछन् ।

फेसबुक ग्रुपको कपडा बैंक

फेसबुकमा एउटा ग्रुप छ, हन्ड्रेड ग्रुप । यसमा आवद्ध युवाहरुले अनामनगरमा पुरानो कपडाहरुको बैंक राखेका छन् । यसै गरी तीनकुने लगायतमा कपडा बैंक स्थापना गरिएको छ । त्यहाँ जोकोहीले लुगाफाटो, जुत्ता, चप्पल लगेर राख्न सक्छन् । आफूले प्रयोग गरिसकेको वा प्रयोगविहिन अवस्थामा रहेको लुगाफाटो लगेर राखिदिन सक्छन् ।

यसरी राखिएका लुगाफाटो गरिब, अनाथ, असाह्यले प्रयोग गर्न सक्छन् । उनीहरुले आफुखुसी लुगा लान सक्छन् ।

यो आफैंमा अनुकरणीय काम हो । यसलाई हामी सबैले हौसला र सहयोग गर्न सकिन्छ । तपाईं/हामीले पुराना वा प्रयोगविहिन लुगाफाटो यसरी नै कपडा बैंकमा बुझाउन सक्छौं ।

आफूसँग भएका त्यस्ता कपडा अनाथ र गरिबहरुलाई लगेर दिन सकिन्छ ।  साथै यस्तै ‘कपडा बैंक’ अन्य स्थानमा पनि विस्तार गर्न सकिन्छ । किनभने सबैलाई कपडा बैंकको बारेमा थाहा नहुन सक्छ । थाहा भएर पनि त्यहाँसम्म पुगेर कपडा लान गाह्रो हुन सक्छ । त्यसैले पायक पर्ने ठाउँमा अरु युवाले पनि यस्तै कपडा बैंकको सुरुवात गरिदिन सक्छन् ।

भाँडावर्तन पनि

लुगाफाटो मात्र होइन, प्रयोगविहिन अवस्थामा रहेको भाँडावर्तन पनि लगेर राखिदिन सकिन्छ । यस्तै उपयोगी सरसामन, जो घरमा प्रयोग गरिदैन, ति सबै निश्चित ठाउँमा लगेर छाडिदिन सकिन्छ । आवश्यक हुने गरिब व्यक्तिहरुले ति सामग्री प्रयोग गर्न सक्छन् ।

जीवजन्तुका लागि पनि

ठीक यही काइदा खानेकुरामा पनि प्रयोग गर्न सकिन्छ । हामीले खाएर बाँकी रहेको, सडेको वा त्यसै नष्ट हुने खानेकुरा हामीले सडकका जीवजन्तुका लागि दिन सक्छौं । यसले गर्दा घरमा अनावश्यक फोहोर मैला थुपि्रँदैन, साथसाथै जीवजन्तुले पनि खान पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment