+

एकदिवसीय वरियतामा नेपाल एक स्थान घटुवा

२०७६ भदौ  ६ गते १३:३८ २०७६ भदौ ६ गते १३:३८
एकदिवसीय वरियतामा नेपाल एक स्थान घटुवा

६ भदौ, काठमाडौं । एकदिवसीय क्रिकेट वरियतामा नेपाल एक स्थान तल घटुवा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निकालेको नयाँ वरियतामा नेपाल १६ औं स्थानमा पुगेको हो ।  यसअघि नेपाल १५औं स्थानमा थियो ।

नेपाललाई ओमानले उछिनेको छ । ओमानले आठ खेलबाट १७४ अंक पाउँदा २२ रेटिङ पाएको छ । यता, नेपालले पनि समान आठ खेलबाट १५२ अंक पाउँदा १९ रेटिङ रहेको छ ।

नेपाल भन्दा मुनि यूएई र पपुवा न्युगिनी रहेका छन् ।

एकदिवसीय वरियताको शीर्ष स्थानमा विश्वविजेता इंग्ल्यान्ड रहेको छ । दोस्रो स्थानमा भने भारत रहँदा तेस्रो स्थानमा न्युजिल्यान्ड र चौथो स्थानमा अष्ट्रेलिया छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय