+
+

ओलीसँग विवाद श्रीमान् श्रीमतीको झगडाजस्तै : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ६ गते १९:२०

६ भदौ, काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफू र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भएको भनाभनलाई गम्भीर रुपमा नलिन आग्रह गरेका छन् ।

कार्यकर्ताले व्यक्त गरेको चिन्ताप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले यसलाई सामान्य रुपमा लिन आग्रह गरे । विषयवस्तुको बुझाइमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने भन्दै उनले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाका रुपमा बुझ्न सुझाव दिए ।

सहयोगीनगर सामुदायिक समाजले शुक्रबार गरेको कार्यक्रममा नेता नेपालले भने, ‘नेताहरुबीच भनाभन भएछ भनेर पूर्ववक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो । यसबाट अत्तिनु पर्दैन ।’

‘घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? यस्तै हो त्यो पनि’ उनले हाँस्दै भने, ‘कहिलेकाहीँ छोराछोरीसँग विवाद भयो भने बिहे गर्नु वेकार रहेछ, छोराछोरी जन्माउनु वेकार रहेछ भन्नु हुँदैन यो जीवनको यथार्थ हो ।’

सामाजिक जीवनमा अनेक समस्या आउने भन्दै त्यसलाई सामना गर्ने आँँट गर्नुपर्ने बताए । ‘तपाईंमा आँट छैन, सामर्थ्य छैन भने यो जिन्दगीमा केही गर्न सक्नुहुन्न’ उनले भने ।

नेकपा वरिष्ठ नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?