Comments Add Comment

सदगुरुका यी वचन, जसले तपाईंको सोच परिवर्तन गर्छ

‘जीवनको प्रकृति यस्तो छ कि यदि तपाईं अवरोध नगरी यसलाई बहने अनुमति दिनुहुन्छ भने, जीवन एक सुन्दर अनुभव बन्छ । तर, यदि तपाईं पछि हट्नुहुन्छ भने यही जीवन कष्टप्रद बन्छ ।’

सदगुरुका यस्ता थुप्रै मननीय भनाइ छन्, जसले हाम्रो सोच एवं दृष्टिकोण बदल्छ ।

सदगुरु नामले प्रख्यात जग्गी वासुदेव एक आध्यात्मिक गुरु हुन् । योगी हुन्, रहस्यवादी लेखक हुन्, दिव्यदर्शी एवं अन्तर्राष्ट्रिय ख्यातीप्राप्त वक्ता हुन् । मानवअधिकार, व्यापारिक मूल्य, सामाजिक-पर्यावरणीय विषयमा आफ्नो विचार राख्नका लागि उनलाई वैश्विक स्तरमा आमन्त्रण गरिन्छ ।

यदि तपाईं हरक्षण यो स्मरण गर्नुहुन्छ कि तपाईं नश्वर हो, तब तपाईं यस धर्तीमा शालीनता र समझदारीपूर्वक हिँड्नुहुनेछ ।

-संसारका अधिकांश मानिस व्यस्त छैनन्, उनीहरु केही न केही कुरामा अल्झिएका छन् ।

-जीवन समयको सानो अंशमात्र हो । यदि तपाईं जीवनलाई महत्व दिनुहुन्छ भने तपाईंले हरेक चिज सही समयमा गर्नुपर्दछ ।

-कुनैपनि सम्बन्ध सम्पूर्ण हुँदैन, यो सधैं परिवर्तनशील हुन्छ । यसलाई तपाईंले हरेक दिन सही ढंगले सम्हाल्नुपर्छ ।

-बाध्यात्मक प्रवृत्ति एक अन्धकार जस्तै हो, तपाईं अन्धकारसँग लड्न सक्नुहुन्न । तपाईंले केवल चेतनाको प्रकाश छर्नुपर्छ ।

-बच्चाहरु कहिल्यै खराब हुँदैनन्, केवल प्रभावहरु खराब हुन्छन् ।

-आध्यात्मिक प्रक्रियाको अर्थ हो तपाईंको जीवन तपाईंको भौतिक प्रकृतिद्वारा परिचालित हुँदैन । जीवनमा अन्तरर्निहित हुने प्रज्ञा अभिव्यक्त हुन आवश्यक छ ।

-पानी किनबेच गर्ने वस्तु होइन, यो त जीवन-निर्माण गर्ने तत्व हो । तपाईंको शरीरको दुई तिहाइ हिस्सा पानी हो । यो तथ्यप्रति जागरुक हुनु मनुष्यको जीविकाको निम्ति एकदमै महत्वपूर्ण छ ।

-निश्चलता सबैभन्दा उच्चस्तरको तीव्रता हो । जब तपाईंभित्र निश्चलता आउँछ, तब तपाईंको शरीर, मन र ऊर्जाहरुमा जवर्जस्त तीव्रता हुन्छ ।

-अटुट र अनवरत प्रतिबद्धताले तपाईं निकै अविश्वसनीय चिजहरु सिर्जना गर्न सक्नुहुन्छ ।

-पैसा कमाउने बारेमा मात्र नसोच्नुहोस्, सही तरिकाले जीवन जिउने बारेमा पनि सोच्नुहोस् । सही तरिकाले जीवन जिउनका लागि सबैभन्दा महत्वपूर्ण पक्ष यही हो, त्यही चिज गर्नु, जसप्रति तपाईं साँच्चिकै चासो र सरोकार राख्नुहुन्छ ।

-पीडा-कष्टको डरले, तपाईंको जीवनका प्रचुर सामर्थ्य र सम्भावनाहरु नष्ट हुन्छन् ।

-जो व्यक्तिहरु विकलाङ्ग छन्, उनीहरुलाई तपाईंको करुणा वा दयाभाव आवश्यक छैन । उनीहरुलाई केवल स्वीकार्य भावको खाँचो हुन्छ ।

-जब तपाईंभित्र पीडा, निराशा वा क्रोध उत्पन्न हुन्छ, तब त्यो समय हो आफूभित्र हेर्ने । न कि आफ्नो वरिपरी ।

-अरु कसैले तपाईं कस्तो भएको हेर्न चाहन्छन्, त्यस्तो हुनका लागि तपाईं प्रतिबद्ध हुनुहुँदैन । तपाईं जस्तो हुन चाहनुहुन्छ, त्यस्तै हुनका निम्ति तपाईं प्रतिबद्ध हुनुपर्छ ।

-आफ्नो विवाहलाई सफल बनाउनका लागि तपाईंलाई जे आवश्यक छ, त्यो कोही आदर्श व्यक्ति होइन । तपाईंलाई जे आवश्यक छ, त्यो पूर्ण निष्ठा र इमानदारिता हो ।

-जीवन एक प्रक्रिया हो, न कि कुनै समस्या । प्रश्न केवल यो हो, तपाईंले आफूलाई यस प्रक्रियाको लागि तयार गर्नुभएको छ कि छैन ?

-जीवनमा सही र गलत भन्ने त्यस्तो कुनै चिज हुँदैन । प्रश्न यो हो कि के तपाईंका कार्यहरु उपयुक्त वा उचित छन्, के तिनले सबैलाई समावेश गर्छन् ?

-आध्यात्मिक प्रक्रियाको समावेशी प्रकृति अनि हराभरा पर्यावरण, यिनलाई अलग्याउन सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment