Comments Add Comment

आजका पत्रपत्रिका : आत्महत्या दुरुत्साहन कानून ‘अपूर्ण’

१२ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

नागरिक दैनिकले आज केही समयदेखि चर्चामा रहेको आत्महत्या दुरुत्साहनसम्बन्धी कानून नै अपूर्ण भएको समाचार बनाएको छ । नागरिकका अनुसार कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ । सोही दफामा टेकेर आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै मुद्दा पर्ने क्रम बढे पनि व्याख्या नहुँदा न्याय निरूपणको जटिलता बढ्दै गएको छ ।

एक वर्षअघि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता कार्यान्वयन गर्न बन्नुपर्ने कार्यविधि अहिलेसम्म बनेको छैन । कार्यविधि वा नियमावली नबन्दा र अदालतले समेत त्यसबारे ब्याख्या नगर्दा दुरुत्साहनसम्बन्धी कानून नै अपूर्ण देखिएको नागरिक समाचारमा उल्लेख छ ।

विवादित विधेयक नै संसदको बिजनेस बनेकोबारे पनि नागरिकले प्राथमिकतापूर्वक समाचार बनाएको छ ।

संसद्मा प्रस्तुत कैयन विधेयक विवादमा फसे पनि एकपछि अर्को गर्दै पारित गरिएको समाचारको सार छ ।

कान्तिपुरले संवैधानिक आयोगको रिक्तताबारे आज मुख्य समाचार बनाएको छ । ‘संवैधानिक आयोग रित्तै’ शीर्षक दिएर लेखिएको समाचार अनुसार, अधिकांश आयोग रित्ता छन् । मधेसी, थारु र मुस्लिम आयोगमा अध्यक्ष मात्र नियुक्त भएका छन् । त्यस्तै समावेशी आयोगमा अध्यक्ष र एक सदस्य नियुक्त गरिए पनि अध्यक्षले राजीनामा दिएपछि अन्योल सिर्जना भएको छ । आदिवासी जनजाति, महिला र दलित आयोगमा त हालसम्म पदाधिकारी नै नियुक्त गरिएको छैन ।

त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले जाँदाजाँदै विवादास्पद निर्णय गरेको अर्को खबर पनि कान्तिपुरमा छ । समाचार अनुसार, अवकाशको केही दिनअघि खनियाँले निजी मेडिकल कलेजहरूलाई फाइदा हुनेगरी विवादास्पद निर्णय गरेका छन् । निजी मेडिकल कलेज सञ्चालकहरुको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थी भर्ना गर्ने बाटो खोलेका छन् ।

सीमा स्तम्भ निर्माणमा भएका प्रगतिबारे अन्नपूर्णले चासो राखेको छ । अन्नपूर्णका अनुसार, पाँच वर्षे अवधिमा नेपाल–भारत सीमा व्यवस्थापनमा आधा काम मात्रै भएको छ ।

सन् २२०२२ भित्र दुई देशबीच रहेको सीमांकन र सीमा विाद टुंग्याउने लक्ष्य भए पनि कामले गति लिन नसकेको हो ।

दशैंका लागि २ खर्बको सामान आयात गरिएको, विप्पाको रिट खारेज भएकोदेखि बालुवा धोएर सुन संकलन गर्नेसम्मको कथा अन्नपूर्णको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

नेपाल समाचारपत्रले आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको लेखेको छ । यसअघि आचार्य बालकृष्णलाई विष खुवाइएको परीक्षणका क्रममा खुले पनि कसले खुवायो भन्ने प्रष्टिएको थिएन ।

समाचारपत्रका अनुसार, अनुसन्धानका क्रममा केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका कर्मचारीले कृष्णजन्माष्टमीका दिन पेडामा विष मिसाएर खुवाएको खुलेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment