१३ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार शिलवालले गत वर्ष सञ्चालन भएको शहीद स्मारक ए डिभिजन लिग अर्थहीन भएको टिप्पणी गरेका छन् ।
विश्वकप २०२२ को छनोटमा कुबेतविरुद्ध खेल्न जाने नेपाली खेलाडीहरुको विदाई गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको कार्यक्रममा सिलवालले लिगमाथि प्रश्न उठाएका हुन् ।
‘नहुनु मामा भन्दा …मामा जाती जस्तो भयो लिग । तर, त्यस्तो लिगचाहिँ प्रतिष्ठित लिग होइन,’ आलोचना गर्यो भनेर नभन्नु होला भन्दै सदस्यसचिव शिलवालले भने, ‘अब लिगलाई हामी नयाँ ढंगले गर्नुपर्छ । नकआउट प्रतियोगितालाई पनि स्तरीय बनाउनुपर्छ ।’
करिब ५ वर्षपछि भएको ए डिभिजन लिगमा रेलिगेशन थिएन भने व्यवस्थापन पनि कमजोर देखिएको थियो ।
राखेप सदस्य सचिव सिलवालले नेपाली फुटबलको विकास गर्न आफु तत्पर रहेको बताए । नियमित फुटबल प्रतियोगिता हुनुपर्ने भन्दै उनले भने, ‘ग्रासरुटदेखि फुटबललाई अब विकास गर्नुपर्छ, म पहल गर्छु ।’
प्रतिक्रिया 4