Comments Add Comment

फिफा वर्ष खेलाडी अवार्डमा मेस्सी, रोनाल्डो र भान डाइक

१६ भदौ, काठमाडौं । फिफा वर्ष खेलाडी अवार्डको अन्तिम तीनमा बार्सिलोनाका लियोनल मेस्सी, युभेन्टसका क्रिष्टियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइक पर्न सफल भएका छन् ।

विश्व फुटबल महासंघ (फिफा) ले आज अन्तिम तीनको नामावली सार्वजनिक गरेको हो । अवार्ड घोषणा कार्यक्रम यही सेप्टेम्बर २३ तारिखमा हुँदैछ । पहिलो चरणको १० खेलाडीबाट अन्तिम चरणमा मेस्सी, रोनाल्डो र भान डाइक पर्न सफल भए । केही दिनअघि मात्रै यूईएफए वर्ष खेलाडी अवार्ड भान डाइकले जित्दा यी तीनै फाइनल लिष्टमा परेका थिए ।

गत वर्षको फिफा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड रियल मड्रिडका लुका मोड्रिचले जितेका थिए ।

यो पटक भने नेदरल्यान्ड्स तथा लिभरपुलका डिफेन्डर भान डाइकलाई अवार्ड जित्ने खेलाडीको दाबेदारको रुपमा हेरिएको छ । उनले लिरभपुललाई गत सिजनको च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलका थिए ।

यता, मेस्सीले पनि बार्सिलोनालाई ला लिगा च्याम्पियन बनाउँदा उता, रोनाल्डोले इटालियन सिरि ए को उपाधि युभेन्टसलाई जिताएका थिए ।

त्यस्तै, वर्ष उत्कृष्ट गोलकिपर अवार्डमा भने एलिसन बेकर, मार्क टेर स्टेगेन र एण्डरसन मोरिस चुनिएका छन् । त्यस्तै वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि मेस्सीसँगै जुवानफर क्वान्टेरो र ड्यानियल जेसोरी परेका छन् ।

त्यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडी अवार्डमा एलेक्स मोर्गन, लुसी ब्रोन्ज र मेगान रापोनी मनोनयनमा परेका छन् । वर्ष उत्कृष्ट पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डिवाला, माउरिसियो पोचेटेनो र योर्गेन क्लोप छन् । महिला प्रशिक्षकतर्फ जिल एलिस, ग्रे नेभिल्स र सरिना विगम्यान परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment