+

ज्ञानेन्द्रले ओमानमा हुने टी–२० सिरिज नखेल्ने

२०७६ भदौ  १७ गते ८:१० २०७६ भदौ १७ गते ८:१०
ज्ञानेन्द्रले ओमानमा हुने टी–२० सिरिज नखेल्ने

१७ भदौ, काठमाडौं । यही असोजमा ओमानमा हुने पाँच राष्ट्रबीचको टी–२० क्रिकेट सिरिज नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् ।

व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्रले सिरिज नखेल्ने जानकारी दिएका हुन् ।

असोज १८ देखि २३ गतेसम्म हुने सिरिजमा आयोजक ओमानसँगै नेपाल, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल असोज १९ गते हङकङसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा असोज २० गते नेदरल्यान्डसँग खेल्ने नेपालले आफ्नो तेस्रो खेल आयरल्याण्डसँग २२ खेल्दैछ । आफ्नो अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग २३ गते प्रतिस्पर्धा गर्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय